बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय | Khabarhub Khabarhub

बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।

जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम तयारीमा जुटेको हो ।

मन्त्रालयका अनुसार आइतबारसम्म बजेटको मस्यौदा करिब तयार भइसकेको छ । मस्यौदा करिब टुङ्गो लागिसकेको छ, मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने, “यसबाहेक अन्य आर्थिक प्रतिवेदन पनि तयार भइसकेका छन् । ”

मन्त्रालयले बजेटअघि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । जुन यही मङ्गलबार सार्वजनिक गर्ने तयारी छ । बजेटको मस्यौदामा पनि कतिपय कार्यक्रमको बजेट उल्ल्लेख गरिएको र केही कार्यक्रमको मात्र बाँकी रहेको प्रवक्ता खत्रीले जानकारी दिए ।

“जेठ १५ गतेको बजेट वक्तव्यको धेरै काम अहिलेसम्म सम्पन्न भइसकेको छ,” उनले भने ।

बजेट निर्माणकै लागि यतिबेला अर्थ मन्त्रालयका कर्मचारीको व्यस्तता निकै बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पनि बिहान ७ः०० बजे नै मन्त्रालयमा पुगेर बजेट निर्माणमा व्यस्त हुने खत्रीले जानकारी दिए ।

“मन्त्रीज्यू बिहान ७ः०० बजेदेखि राति ८ः००-९ः०० बजेसम्मै मन्त्रालयमा हुनुहुन्छ,” उनले भने ।

त्यस्तै कर्मचारी पनि बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म खटिएको उनले बताए । यसरी खटिने कतिपय कर्मचारी केही आफ्नै घर जाने र केही मन्त्रालयमै बस्दै आएका छन् ।

कोरोना सङ्क्रमण रोकथामस्वरूप घोषणा गरिएको लकडाउनका कारण शिथिल अर्थतन्त्रलाई जगाउने र स्वास्थ्य पूर्वाधारमा बजेट बढी केन्द्रित हुने अर्थमन्त्री डा. खतिवडाले विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दा नै उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ३४ बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको