अमेरिकाले षड्यन्त्र र झुट फैलाएको चीनको आरोप « Khabarhub

अमेरिकाले षड्यन्त्र र झुट फैलाएको चीनको आरोप


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले कोरोनाभाइरसबारे ‘षड्यन्त्र र झुटहरू’ फैलाइरहेको आरोप लगाएका छन्।

आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ‘राजनीतिक भाइरस’ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताए।

विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड-१९ को महामारीमा काम गर्दै ‘समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउन’ आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच तनाव चुलिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई भाइरसको प्रकोप लुकाउन खोजेको आरोप लगाएका छन्। यो वर्ष हुने निर्वाचनमार्फत् राष्ट्रपतिमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पको भाइरस नियन्त्रण प्रयासलाई लिएर आलोचना भइरहेको छ।

तर आइतवार विदेशन्त्री वाङ्ले चीनले विश्वको जनस्वास्थ्य सुरक्षित पार्नका लागि सुरुदेखि नै जिम्मेवार भएर काम गरेको बताए।

कोरोनाभाइरस सबैभन्दा पहिले चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा देखा परेको थियो।

चीनको संसदीय सत्र चलिरहँदा आयोजित पत्रकार सम्मेलनमा वाङ्ले ‘अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएको’ बताए। उनले ती शक्तिहरू को हुन् भन्ने चाहीँ स्पष्ट पारेनन्।

‘अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएका छन्,’ उनले भने, ‘तिनले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन्।’

‘राजनीतिक भाइरस’को प्रयोग चीनमाथि हमला र उसलाई बदनाम गर्ने अवसरको रूपमा लिइएको उनले बताए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप-प्रत्यारोप भएको छ।

चीनमाथि मुद्दा चलाउने विषयलाई वाङ यीले ‘दिवास्वप्न’ को संज्ञा दिएका छन् । गतसाता ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनको ‘कठपुतली’ भएको भन्दै उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका थिए।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससलाई ट्रम्पले एउटा पत्र लेख्दै सो निकायले तीस दिनभित्र उनकै शब्दमा “उल्लेख्य सुधारहरू” गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनेका थिए।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ४७ बजे

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६