बूढानीलकण्ठमा भेटिएका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’ सञ्चालक « Khabarhub

बूढानीलकण्ठमा भेटिएका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’ सञ्चालक


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना भाइरस संक्रमित पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि थिए ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार, उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउँथे ।

‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १ : ०३ बजे

युद्धविराम तोड्दै इरानमाथि अमेरिकी बमबारी, तेलको भाउमा उछाल

तेहरान- अमेरिकी सेनाले बिहीबार होर्मुज स्ट्रेट नजिक इरानी सैन्य अखडामाथि

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं–  ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौं– चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘भच्चेक’ (तस्बिरहरू)

काठमाडौं– राजधानीको कोलाहलपूर्ण वातावरणबाट केही समय टाढा शान्त प्राकृतिक सौन्दर्य