खचाखच भए महोत्तरीका क्वारेन्टाइन | Khabarhub Khabarhub

खचाखच भए महोत्तरीका क्वारेन्टाइन


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टाइन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टाइन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो ।

यसअघि १९ क्वारेन्टाइन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पुर्‍याइएको छ । एक हजार ८४९ शय्याका ४४ क्वारेन्टाइनमा सोमबारसम्म ३७ महिलासहित एक हजार ५५३ शङ्कास्पद व्यक्ति बसिरहेका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

पछिल्ला पाँच दिनभित्र एक हजारभन्दा बढी सङ्ख्या क्वारेन्टाइन केन्द्रमा थपिएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्ति जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । यसबाहेक घरमै स्वास्थ्यकर्मीको रेखदेखमा १८२ क्वारेन्टाइनमा छन् ।

जिल्लामा सबैभन्दा बढी भारतीय सीमावर्ती सम्सी गाउँपालिकाका पाँच केन्द्रमा गरी ३९० छन् । त्यसैगरी जिल्लाको उत्तर मधयवर्ती भङ्गाहा नगरपालिकाका चार केन्द्रमा गरी १७८, सोनमा गाउँपालिकामा १३०, मनराशिशवा नगरपालिकामा १२० र जलेश्वर नगरपालिकाका केन्द्रमा ९१ जना रहेका छन् ।

यसबाहेक जिल्लाका सबैजसो क्वारेन्टाइन केन्द्रमा भारतबाट घर फर्केकाहरु थपिँदैछन् । फर्कनेहरु आफ्नै बस्ती छेउको (आफ्नै स्थानीय तहको) केन्द्रमा बस्न चाहँदा कतै शय्याको अभाव र कतै केही शय्या खाली रहेको स्थिति छ । जिल्लाका १५ वटै स्थानीय तहका केन्द्रमा मान्छे थपिने क्रम ह्वात्तै बढेको हो ।

जिल्लामा क्वारेन्टाइन केन्द्रमा मानिस थपिदै गए पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलनको गति धिमा (सुस्त) देखिएको छ । जिल्लामा सोमबारसम्म २६९ जनाको मात्र स्वाब सङ्कलन हुनसकेको जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वाब सङ्कलन गर्न आवश्यक सामग्री र पूर्वतयारी हुन नसक्दा अपेक्षित गति लिन नसकेको कार्यालयको निष्कर्ष छ ।

पिसीआर पद्धतिबाट जाँच गरिएमध्ये जिल्लाका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि यी चारै जनाको स्वाब सङ्कलन भने जिल्ला बाहिर नै भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ खैराका एकै परिवारका तीन जनामा सोमबार आरडिटी पोजेटिभ पाइएको छ ।

तीनै जनालाई जलेश्वर अस्पतालको आइसोलेसनमा राखेर थप जाँच प्रक्रिया बढाइएको कार्यालयले जनाएको छ । जिल्लामा जलेश्वर अस्पतालमा ३० र नेपाली सेनाको रणभीम गणमा छ समेत गरी जम्मा ३६ आइसोलेसन शय्या छन् । आइसोलेसनमा हाल तीन जना रहेका कार्यालयले स्पष्ट पारेको छ ।

यसैबीच दिनदिनै भारतबाट घर फर्कनेहरुको लाम बढ्दै गएसँगै क्वारेन्टाइन र आइसोलेसन शय्या बढाउन र पिसीआर परीक्षणको गति बढाउन जिल्लामा माग बढ्दै गएको छ ।

यसैबीच जिल्लाको बर्दिवास नगरपालिकाले पिसीआर परीक्षणका लागि आवश्यक उपकरण खरिद र बर्दिवास अस्पतालमा ५० शय्याको आइसोलेसनकक्ष विस्तारको काम थालिएको जनाएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले जेठ २५ भित्रै यो काम भइसक्ने सञ्चारकर्मीलाई बताए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ११ : २९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला