बारामा २ सैनिकसहित ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा २ सैनिकसहित ५ जनामा कोरोना संक्रमण पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको पचरौता नगरपालिकाको पिपरपाती माविको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रणम पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर यादवले जानकारी दिए ।

यादवका अनुसार ५ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन व्यवस्थापनमा खटिएका नेपाली सेनाका सैनिक रहेका छन् ।

उनीहरुको उमेर ३५ र ३६ वर्षको रहेको छ । यस्तै क्वारेन्टाइमा रहेका तीन जना संक्रमितको उमेर क्रमश १९, ३० र ३५ वर्षका रहेका छन् । यादवका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज बिहान उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।

सुरक्षामा खटिएका सैनिकसहित ५ जनामा संक्रमण देखिएपछि अहिले उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको यादवले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल