बारामा २ सैनिकसहित ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा २ सैनिकसहित ५ जनामा कोरोना संक्रमण पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको पचरौता नगरपालिकाको पिपरपाती माविको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रणम पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर यादवले जानकारी दिए ।

यादवका अनुसार ५ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन व्यवस्थापनमा खटिएका नेपाली सेनाका सैनिक रहेका छन् ।

उनीहरुको उमेर ३५ र ३६ वर्षको रहेको छ । यस्तै क्वारेन्टाइमा रहेका तीन जना संक्रमितको उमेर क्रमश १९, ३० र ३५ वर्षका रहेका छन् । यादवका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज बिहान उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।

सुरक्षामा खटिएका सैनिकसहित ५ जनामा संक्रमण देखिएपछि अहिले उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको यादवले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना