यो वर्ष ९२ अर्ब ऋण थपियो, नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब पुग्यो « Khabarhub

यो वर्ष ९२ अर्ब ऋण थपियो, नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब पुग्यो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष नेपाललाई झण्डै ९२ अर्ब ऋण थपिएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गर्दै नेपाल तिर्नुपर्ने ऋणमा ९१ अर्ब ९० करोड बढेको जानकारी दिएका हुन्

२०७६ असारसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको खतिवडाले जानकारी दिए। जसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड छ।

चालु आर्थिक वर्ष २०७६/७७ को फागुन महिनादेखि अर्थतन्त्र र नागरिकको आयमा तीव्र गिरावट आए पनि गरिबीको संख्या भने दुई प्रतिशतले घट्ने प्रक्षेपण सरकारले गरेको छ। अर्थमन्त्री खतिवडाले प्रतिकुलताबीच पनि गरिबी घट्ने दाबी गरेका हुन्।

उनले आव २०७४/७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबीको संख्या चालू आवमा १६.६७ प्रतिशत रहनेछ। खतिवडाले फागुनसम्म नेपाली अर्थतन्त्र ठीकै भए पनि कोरोनापछि भने अवस्था नाजुक बन्न पुगेको जानकारी गराए। उनले चालू आवमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने संसदलाई जानकारी गराए।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ०७ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा विश्वासको मत

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४