पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी « Khabarhub

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- पश्चिमरुकुम घटनाका पीडित परिवारले कारबाहीको माग राख्दै वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाकाे ज्यान जाने गरी भएकाे घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका हुन् ।

चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जहोरी दर्ता भएको जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बताए।

घटनामा संग्लग्न सबैलाई पश्चिम रुकुम प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक (प्रेमी), गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो।

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहीन छन्।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ३९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र