सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटै सेना प्रमुखसँग छलफल | Khabarhub Khabarhub

सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटै सेना प्रमुखसँग छलफल


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीमानामा तनाब बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै सेनाका प्रमुखसँग विशेष छलफल गरेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहसमेत सह्रिक मंगलबारको विशेष छलफलमा  तीन वटै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी भएका छन्। त्यसअघि मोदीले विदेश सचिवसँग पनि बैठक गरेका थिए ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटर नक्सा सार्वजनिक गरेको तथा चीनले लद्दाखमा सेनाको तैनाथी बढाएपछि रक्षामन्त्री राजनाथ सिंहले पनि तीन वटै सेना प्रमुखसँग विशेष छलफल गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेना प्रमुखसँग रक्षामन्त्री सिंहले गरेको विशेष छलफलमा अतिक्रमित क्षेत्रमा बनाइएको सडक निर्माण जारी राख्ने निर्णय गरेको आजतकले जनाएको छ ।

यस्तै लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएपछि भारतले पनि सीमा रक्षाका लागि सैनिक संख्या बढाएको बताइएको छ ।

सिक्किमको सीमा क्षेत्र, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच टकरावको स्थिति बनेको छ । सोमबारमात्रै चिनियाँ सेनाले भारतीय सेनामाथि ढुंगामुढा गरेको भारतीय पक्षले आरोप लगाएको छ ।

त्यसअघि मे ५ र ६ मा गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल समेत भएको बताइएको छ । त्यसयता लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले हवाई अड्डा विस्तार गरेको स्याटलाइट तस्वीरले देखाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ३८ बजे

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई