जोगबनी नाकामा अलपत्र ३०४ जनाको उद्धार « Khabarhub

जोगबनी नाकामा अलपत्र ३०४ जनाको उद्धार


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको महामारी फैलिएसँगै सीमा नाका बन्द हुँदा भारतीय सीमा फसेका ३०४ जना नेपालीको उद्धार गरिएको छ ।

मंगलबार अबेर राति ३०४ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । भारतको जोगबनी नाका हुँदै विराटनगर ल्याइएका सबैलाई महानगरको वडा नम्बर १३ स्थित डिएभी स्कूलमा निर्माण गरिएको होल्डिङ क्षेत्रमा राखिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

हालसम्म सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का पदाधिकारीले आफ्नो वडाका २३ जनालाई क्वारेन्टिनमा राख्ने गरी लगेको जानकारी दिए। प्रहरीका अनुसार हाल होल्डिङ क्षेत्रमा राखिएहरुको स्थानीय तहसँग सम्पर्क गर्ने र सम्बन्धित स्थानतर्फ लैजान सहजीकरण भइरहेको छ।

भारत र नेपालको अन्तर जिल्ला समन्वयसँगै सबैको उद्धार गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन्। जसमा रुकुम, स्याङ्गजा, गोरखा, सिन्धुली, पाँचथर, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका बासिन्दा रहेको प्रजिअ भुजेलले जानकारी दिए।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ११ : ५२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ