जोगबनी नाकामा अलपत्र ३०४ जनाको उद्धार « Khabarhub

जोगबनी नाकामा अलपत्र ३०४ जनाको उद्धार


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको महामारी फैलिएसँगै सीमा नाका बन्द हुँदा भारतीय सीमा फसेका ३०४ जना नेपालीको उद्धार गरिएको छ ।

मंगलबार अबेर राति ३०४ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । भारतको जोगबनी नाका हुँदै विराटनगर ल्याइएका सबैलाई महानगरको वडा नम्बर १३ स्थित डिएभी स्कूलमा निर्माण गरिएको होल्डिङ क्षेत्रमा राखिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

हालसम्म सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का पदाधिकारीले आफ्नो वडाका २३ जनालाई क्वारेन्टिनमा राख्ने गरी लगेको जानकारी दिए। प्रहरीका अनुसार हाल होल्डिङ क्षेत्रमा राखिएहरुको स्थानीय तहसँग सम्पर्क गर्ने र सम्बन्धित स्थानतर्फ लैजान सहजीकरण भइरहेको छ।

भारत र नेपालको अन्तर जिल्ला समन्वयसँगै सबैको उद्धार गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन्। जसमा रुकुम, स्याङ्गजा, गोरखा, सिन्धुली, पाँचथर, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका बासिन्दा रहेको प्रजिअ भुजेलले जानकारी दिए।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ११ : ५२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल