हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

उपचार गर्न कोभिड अस्पताल चितवन पठाइयो


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

‘उहाँ गर्भजाँच गराउन अस्पतालमा पुग्दा चितवनबाट जेठ ९ गते आएको खुलेपछि उहाँको कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई चितवनको कोभिड अस्पतालको आइसोलेसनमा रेफर गरिएको छ,’ उपाध्यायले खबरहबसँग भने, ‘उहाँको परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।’

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १ : ५० बजे

सन्तोषी माता र वैभवलक्ष्मीको पूजा कसरी गर्ने ?

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न