अमेरिकाले बन्द गर्‍यो मध्य अमेरिकी मुलुकको आर्थिक सहयता « Khabarhub

अमेरिकाले बन्द गर्‍यो मध्य अमेरिकी मुलुकको आर्थिक सहयता


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


न्यूयोर्क– अमेरिकाले मध्य अमेरिकी महादेशका तीन मुलुकहरुलाई दिँदै आएको आर्थिक सहायता बन्द गरिदिएको छ ।

मध्य अमेरिकाका तीन मुलुकहरु होण्डुरस, निकारागुवा र एल साल्भाडोरले अमेरिकातर्फ आप्रवासीलाई पठाइरहेको भन्दै ती मुलुकहरुलाई दिइँदै आएको आर्थिक सहायता बन्द गरिएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार ‘नर्दन ट्रायाङ्गल’ भनिने ती मुलुकलाई उपलब्ध गराइँदै आएको ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक सहायता बन्द गरिएको जनाएको हो ।

यद्यपि, विदेशमन्त्रालयको घोषणालाई कङ्ग्रेसले पनि स्वीकृत गर्नुपर्ने बताइएको छ । त्यसका लागि विदेशमन्त्रालयले कङ्ग्रेससँग पनि सहकार्य गर्ने जनाएको छ ।

पछिल्ला केही दिनयता मेक्सिकोसँगको दक्षिणी सीमा भएर अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको सङ्ख्या बढ्दै गएपछि अमेरिकाले आर्थिक सहायता बन्द गरेको हो ।

यसअघि राष्ट्रपति ट्रम्पले यसै साता मेक्सिकोसँगको सीमा पनि बन्द गर्ने सम्भावना रहेको चेतावनी दिएका थिए । मध्य अमेरिकी मुलुकहरुले आप्रवासीको लस्कर तयार पारेर अमेरिकातर्फ पठाउने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ०८ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा