सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विश्व महिनावारी दिवसको अवसरमा सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

महानगरमा बुधबार आयोजित कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामग्री प्रदान गर्दै महानगरका उपप्रमुख गीता सत्यालले महिलाका लागि महिनावारी गर्वको विषय भएको बताइन् ।

सन्तान जन्माउन महिनावारी हुनुपर्ने बताउँदै उनले यसलाई लाज र घिनको विषय बनाउन नहुने स्पष्ट पारिन् । उपत्यकामा महिनवारीप्रतिको दृष्टिको केही बदलिए पनि नेपालका दूरदराजका गाउँमा सोच अझै बदलिन नसकेको बताइन् ।

छाउपडी लगायत अन्य विभिन्न नाममा महिला महिनावारीका बेला हेपिएको बताउँदै यो व्यवहार विरुद्ध एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन् ।

ललितपुर महानगरपालिका फोहोर मैला व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र अवालेले महिनावारी प्राकृतिक कुरा भएको बताउँदै यो बेलामा सरसफाई महत्वपूर्ण भएको बताए ।

हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर उत्सव उदासले महामारीको अवस्थामा सरसफाईमा जुट्नु भएका सफाईकर्मीको स्वास्थ्यप्रति ध्यान दिनु सबैको दायित्व भएको बताए । यो महामारीका बेला महिनावारी र यस बेला हुनुपर्ने सरसफाइका बारेमा सबैले ध्यान पुर्याउनुपर्ने बताए ।

एरोसान स्टेनेबल स्यानिटेसन र हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्राइभेट लिमिटेडको सहयोगमा सफाई सामग्री दिइएको हो । साथै कार्यक्रममा पत्रकार महिलालाई पनि ती सामग्री प्रदान गरिएको थियो ।

सफाई सामग्रीमा सेनेटरी प्याड, पन्जा, मग, बाल्टिन, मास्क थियो । एरोसान स्टेनेबल स्यानिटेसनका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले महामारी र प्रकोपको बेला महिनावारीलाई महत्व दिनुपर्ने बताए । सरसफाईमा ध्यान दिनुपर्ने बताउँदै सफाई सामग्री वितरणमा सहयोग गरेको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ०१ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि