नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले सडक भत्काए « Khabarhub

नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले सडक भत्काए


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- पर्साको ठोरीमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले सडक भत्काएका छन् ।

पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालन गर्न तीन दिन अगाडिमात्र कुलो पुरेर बनाइएको सडक भारतीय सुरक्षाकर्मीले बिहीबार साँझ भत्काएका हुन् ।

भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए ।

केही समयको भनाभनपछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।

भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।

यस सम्बन्धमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  २ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना