प्रहरी हिरासतबाट फरार यादव पक्राउ | Khabarhub Khabarhub

प्रहरी हिरासतबाट फरार यादव पक्राउ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ ।

गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ । पक्राउ परेका यादव हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : २२ बजे

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र

भोजपुर– भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

सिड्नी– अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ ।

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पा– पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन

ट्रमा सेन्टर बनाउन ६४६ रुख काटिने

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो