मन्दीप भुजको हत्या आरोपमा चार पक्राउ « Khabarhub

मन्दीप भुजको हत्या आरोपमा चार पक्राउ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

शुक्रबार राति सामान्य विवादपछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।

अभियुक्तलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ । तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि शव फेला पारेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ५३ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा