भारतमा आजदेखि लकडाउन खुकुलो « Khabarhub

भारतमा आजदेखि लकडाउन खुकुलो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ ।

यद्यपि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन ।

भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु भएको छ । आइतबार त्यहाँ २२३ जनाको मृत्यु भएको छ । यसअघि शनिबार २०५ र शुक्रबार २६९ जनाको मृत्यु भएको थियो ।

भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि आठ हजारमाथि भेटिएका छन् । आइतबार आठ हजार ७८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार आठ हजार ३३६ र शुक्रबार आठ हजार १०५ संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या १ लाख ९० हजार ६०९ र मृतक संख्या ५ हजार ४०८ पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ ।

लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ५६ बजे

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन

चोरीका १५ थान मोटरसाइकल बरामद

सुदूरपश्चिम – कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज