लकडाउनको समयमा पनि विकास निर्माणको काम निरन्तर « Khabarhub

लकडाउनको समयमा पनि विकास निर्माणको काम निरन्तर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् ।

जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्ध नेपाल सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउन जारी रहेको रहेको छ । नेपालकै सबैभन्दा बढी स्थानीय निकाय भएको जिल्लामा विकास निर्माण कार्यलाई लकडाउनले खासै प्रभाव पार्न सकेको छैन ।

पछिल्लो क्रममा आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाको सबैभन्दा धेरै रकम प्राप्त गर्ने लालबन्दी नगरपालिकामा १७ वटा वडा रहेका छन् ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमको करिब ६० प्रतिशत काम सकिएको नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताए । बन्दाबन्दीका कारण काम गर्न केही समस्या भएको भए पनि नगरमा ठेक्का प्रक्रियामार्फत गरिने काम निरन्तर भइरहेका छन् ।

लकडाउन जारी रहेको भए पनि नगरभित्रका विकासका काम निरन्तर हुँदा केही बेरोजगार तथा मजदुरलाई आफ्नो दैनिकी चलाउन सहज भइरहेको नगर प्रमुख खड्काले बताए । उनका अनुसार नगरपालिकाले चालु आवमा साना तथा ठूला विकास निर्माणका कार्य प्राथमिकतामा परेका र त्यसको काम भइरहेका छन् ।

नगरपालिका–६ को राधाकृष्ण खेल मैदानमा रङ्गशाला निर्माण, फोहोरमैला व्यावस्थापनको रणनीतिक योजना निर्माण, नयाँ हाइटेन्सन लाइनमुनिको जग्गामा पोखरी निर्माण र लालबन्दी खसी तथा मासु बजार व्यवस्थापनको काम भने हुन सकेको छैन ।

हरेक वडामा जाने सडकको मर्मत तथा स्तरोन्नति, दृश्यावलोकन स्तम्भ निर्माणका लागि ठेक्का लगाउनेलगायतका काम निरन्तर भइरहेको नगर उपप्रमुख शान्तिकुमारी लामाले बताए ।

नगरभित्र शिक्षा क्षेत्रको सुधार, बजार व्यवस्थापन, ढल निकास व्यवस्थापन, खेलकूद क्षेत्रको विकासका साथै नगरको आफ्नै भवन निर्माणको शिलान्याससमेत भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ४४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल