विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार (फोटो फिचर) | Khabarhub Khabarhub

विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार (फोटो फिचर)


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरीसहितको संरचना तयार भएको छ । त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको हो ।

अब विमानस्थलमा यात्रुबीच कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । नयाँ संरचनाले कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम गराउने छ ।

यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ । अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ ।

अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेको उनले बताए ।

यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको काम समेत गरिएको थियो । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ । यसका लागि अब विमानस्थल तयार भएको केसीले बताए ।

 

 

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ३२ बजे

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा