धादिङकी २६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा « Khabarhub

धादिङकी २६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङकी एक महिललाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी हुन्।

पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।

जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन्।

स्वास्थ्य सामान्य भएपछि २८ औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहले जानकारी दिएको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ३९ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा