मृतकका परिवारलाई तत्काल ३ लाख राहत दिइने | Khabarhub Khabarhub

मृतकका परिवारलाई तत्काल ३ लाख राहत दिइने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  बारा र पर्सामा हावाहुरीबाट भएको क्षतिप्रति प्रदेश २ सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आइतबार रातिको हावाहुरीले पुर्‍याएको क्षतिपछि आज (सोमबार) बिहान बसेको प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

साथै घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन अस्पतालहरुलाई निर्देशन पनि दिइएको छ । झण्डै ५ सय घाइतेको कलैया, वीरगञ्जलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो विपत्तिमा परेका घाइतेको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ । त्यस्तै घरबारबिहीन भएकाहरुको बसोबासका लागि आवश्यक पहल गर्ने पनि प्रदेश २ सरकारले निर्णय गरेको छ ।

घटनास्थलको अवस्था बुझ्न तथा अस्पतालमा घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री लालबाबु राउत आफैं हिँडेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ०७ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा