मृतकका परिवारलाई तत्काल ३ लाख राहत दिइने « Khabarhub

मृतकका परिवारलाई तत्काल ३ लाख राहत दिइने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  बारा र पर्सामा हावाहुरीबाट भएको क्षतिप्रति प्रदेश २ सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आइतबार रातिको हावाहुरीले पुर्‍याएको क्षतिपछि आज (सोमबार) बिहान बसेको प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

साथै घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन अस्पतालहरुलाई निर्देशन पनि दिइएको छ । झण्डै ५ सय घाइतेको कलैया, वीरगञ्जलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो विपत्तिमा परेका घाइतेको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ । त्यस्तै घरबारबिहीन भएकाहरुको बसोबासका लागि आवश्यक पहल गर्ने पनि प्रदेश २ सरकारले निर्णय गरेको छ ।

घटनास्थलको अवस्था बुझ्न तथा अस्पतालमा घाइतेको अवस्था बुझ्न मुख्यमन्त्री लालबाबु राउत आफैं हिँडेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ०७ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न