ट्रम्प – मोदी टेलिफोन वार्ता, चीनसँगको सीमा विवादबारे ट्रम्पको चासो « Khabarhub

ट्रम्प – मोदी टेलिफोन वार्ता, चीनसँगको सीमा विवादबारे ट्रम्पको चासो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन र भारतबीच सीमानाका विषयमा तनाव चुलिरहँदा अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ ।

करिव २५ मिनेट लामो फोन वार्तामा ट्रम्पले भारत र चीनबीच सीमा विवादले बढेको तनाबका विषयमा चासो राखेको बताइएको छ ।

त्यस अतिरिक्त राष्ट्रपति ट्रम्पले मोदीलाई जी-७ वैठकमा सामेल हुन पनि निम्तो दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दुवै नेताले अमेरिकामा भएको हिंसा, कोरोना भाइरसको महामारी र डब्ल्युएचओमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० को महत्वलाई कम गर्न जी ७ लाई विस्तार गर्ने योजनामा छन् । जी-७ मा भारतसहित रुस, साउथ कोरिया र अष्ट्रेलियालाई सामेल गराउने योजनामा ट्रम्प छन् ।

चीन र अमेरिकाकाबीचको सम्बन्ध खराव भइरहेको बेला उनले मोदीसंग फोन वार्ता गर्दै जी-७ मा भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका हुन् । मोदीले निम्तोका लागी धन्यवाद दिंदै मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २४ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल