स्वदेशमा उत्पादित वस्तुको सहज ढुवानी र बिक्रीको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह « Khabarhub

स्वदेशमा उत्पादित वस्तुको सहज ढुवानी र बिक्रीको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रहसमेत गरेको बताए ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी बन्दाबन्दीका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको उल्लेख गर्दै उनले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरे ।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गइ खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ उनले सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ११ : २६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा