विराटनगरबाट पनि श्रम स्वीकृति « Khabarhub

विराटनगरबाट पनि श्रम स्वीकृति


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुधबारदेखि विराटनगरबाट पनि पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । पुनः श्रम स्वीकृतिको सेवा सम्बन्धित प्रदेशबाटै दिने सरकारको निर्णय अनुसार सरकारले प्रदेश १ को विराटनगरबाट पुनः श्रम स्वीकृति बुधबारबाटै जारी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा सुरु गरिने मन्त्रालयले जनाएको छ । यसका लागि प्राविधिकसहित सबै तयारी पूरा भइसेको मन्त्रालयको भनाइ छ । योसँगै ७ वटै प्रदेशबाट वैदेशिक रोजगारीमा गई घर विदामा आएका कामदारले पुनः श्रम स्वीकृतिका सम्बन्धित प्रदेशबाट सुविधा लिन पाउने छन् । सातै प्रदेशबाट पुनः श्रम स्वीकृति जारी गर्ने शुरु गरिएसँगै काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य पनि भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन काम थालिसकेको छ ।

यस्तै, वैदेशिक रोजगारी सम्बन्धी ईजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम प्रदेशकै कार्यालयबाट हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०२ बजे

मुस्ताङ अस्पतालमा बिरामीको चाप

मुस्ताङ– प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण

काभ्रे– २०८१ साल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल जेठ २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २३ गते शनिबार अधिक जेठ

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको