चीनको वुहान सेन्ट्रल अस्पतालका अर्का चिकित्सकको पनि मृत्यु « Khabarhub

चीनको वुहान सेन्ट्रल अस्पतालका अर्का चिकित्सकको पनि मृत्यु


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा वुहान सेन्ट्रल अस्पतालका अर्का एक चिकित्सकको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्यु भएको हो । योसँगै उक्त अस्पतालका मात्रै ६ जना चिकित्सकको मृत्यु भएको हो ।

४ महिनादेखि कोरोनाबाट संक्रमित उनको मंगलबार मृत्यु भएको हो । एउटै अस्पतालका ६ जनासम्म चिकित्सको मृत्यु भएपछि सर्वसाधारणले त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् ।

गत वर्ष डिसेम्बरमा कोरोनाबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियान्ग पनि काम गर्दथे । कोरोनाबारे चेतावनी दिँदा प्रशासनले ली वेनलियान्गलाई भाइरसको संक्रमणबारे नबोल्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ११ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना