कोरोना संक्रमितलाई निमोनियासँगै डेंगुको जोखिम « Khabarhub

कोरोना संक्रमितलाई निमोनियासँगै डेंगुको जोखिम


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका एक जना संक्रमितलाई डेंगु भएको छ।

दाङको बेलझुण्डी अस्पतालमा निमोनियसँगै डेंगु देखिएपछि एक पुरुषलाई मंगलबार राति रिफर भएर बुटवल ल्याइएको हो।

‘बेलझुण्डी अस्पतालबाट रिफर भएर आउनुभएको एक जना हुनुहुन्छ। उहाँलाई कोरोनाको कारण निमोनिया र डेंगु पनि पोजेटिभ देखिएको छ,’अस्पतालका कन्सल्टेण्ट डा. शुदर्शन थापाले भने ।

उनलाई कोरोना अस्पतालको आइसियुमा राखिएको अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले जानकारी दिए। बुटवलको कोरोना अस्पतालमा पछिल्लो समय अन्य जिल्लाबाट रिफर भएर आउने क्रम पनि बढेको छ।

केही दिन अघि मात्र कपिलबस्तुको तौलिहवा अस्पतालबाट एक जना संक्रमित रिफर भएर आएका थिए।

मधुमेहको समेत विरामी उनलाई २ दिन आइसियुको भेन्टीलेटरमा राखेर बाहिर निकालिएको थियो। ८ वटा आइसियु शय्या रहेको कोरोना अस्पताल बुटवलमा अहिले ३ जना भर्ना भएका छन्।

यस्तै जनरल वार्डतर्फ ३६ वटा बेडमध्य अब ६ वटा बेडमात्र खाली छ। अस्पतालमा भर्ना भएका ४ जना संक्रमित डिस्चार्ज भएसँगै ३६ बेडको जनरल वार्डमध्ये ६ बेड खाली छ। ३० बेडमा अझै संक्रमितहरु रहेका छन्। बुधबारमात्र कपिलवस्तुका ३ जना र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ०८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको