बाँकेमा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिइने, कुन बार के खुल्ने ? | Khabarhub Khabarhub

बाँकेमा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिइने, कुन बार के खुल्ने ?


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन केही खुकुलो बनाउँदै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सुचना अनुसार अब हरेक आइतबार र बुधबार मोबाईल, ईलेक्ट्रोनिक्स, स्टेशनरी/पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल खोल्न पाइने छ ।

त्यसैगरी सोमबार र बिहिबार कपडा, फेन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल सञ्चालन गर्न दिइने छ । मंगलबार र शुक्रबार अटो मोबाईल्स, कोल्ड स्टोर, जुत्ता, मोटरसाईकल तथा अन्य पसलहरु सञ्चालन गर्न दिइने जिल्ला प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ ।

व्यवसाय सञ्चालनका लागि  बिहान ११ बजेदेखी ३ बजेको समयावधिमा तोकिएको छ । औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा विउविजन बिक्रि गर्ने पसल भने हरेक दिन खोल्न पाइने भएको छ ।

बैंकहरु भने सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : १६ बजे

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका