ट्रम्पका पोष्टले फेसबुकका सञ्चालक जुकर्वर्ग अप्ठ्यारोमा « Khabarhub

ट्रम्पका पोष्टले फेसबुकका सञ्चालक जुकर्वर्ग अप्ठ्यारोमा


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिने भिडियो पोष्ट गर्दा पनि नहटाएको भन्दै फेसबुककै कर्मचारीले कम्पनीका प्रमुख मार्क जुकर्वर्गको आलोचना गरेका छन् ।

हिंसालाई बढवा दिने पोष्टहररु हटाउने र पटक/पटक त्यस्तो भएको पाइए प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्ने कम्पनीको नीति राष्ट्रपति ट्रम्पको हकमा भने कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले जुकर्वर्गको आलोचना गरेका हुन् ।

ट्रम्पले अमेरिकाका विभिन्न शहरमा लुटपाट हुँदै गरेका भिडियो पोस्ट गरेपछि फेसबुकसंगको सम्झौता उल्लंघन भएको भन्दै फेसबुकका कर्मचारीले विरोध जनाएका थिए ।

टाउनहलमा बसेको कम्पनीको बैठकमा रियल–टाइम फिडब्याक प्रयोग गरेर हिंसा आब्हान गर्ने वा भौतिक वस्तुमा हानी पुर्‍याउने खालका सामग्रीहरू फेसबुकबाट हटाइने आफ्नो पूर्बप्रतिवद्धता सम्झाइ दिएपछि जुकरवर्गले कर्मचारीहरुलाई सम्झाई बुझाई गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकले हिंसालाई बढवा दिने फोटो तथा भिडियो पोष्ट भए तत्कालै तिनलाई हटाउने र आवश्यक ठाने सम्बन्धित प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्नेसम्मको नीति लिदै आएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ४६ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका