कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान « Khabarhub

कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- १३ औं दिनमा बुधबार कोरोना जितेका बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान भएका छन्।

कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका २ का २२ वर्षीय उनमा लगातारको परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको थियो।

धनगढी प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। जिल्ला अदालत बैतडीले यसअघि नै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेकाले ती युवकलाई कारागार पठाइएको बैतडीका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर किसन चन्दले जानकारी दिए।

गत वैशाख १३ गते शिवनाथकै १९ वर्षीया युवती हत्या आरोपमा ती युवक वैशाख १५ देखि प्रहरी हिरासतमा थिए। ती युवक चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए।

यसअघि ती युवकमा कोरोना पुष्टि भएपछि हिरासतमै रहेकी बहिनी, सम्पर्कमा रहेका प्रहरी, अदालतका कर्मचारी, प्रशासनका कर्मचारी, स्वास्थ्यकर्मी, आफन्तलगायत ९९ जनाको पिसिआर गरिएको र रिपोर्ट नेगेटिभ आएको थियो।

बैतडीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाले बुधबार कोरोना जितिसकेका छन्। कोरोना जित्ने ती युवकसहित दुई जनाको बैतडीमै स्वाब संकलन गरेर धनगढीमा परीक्षण गर्दा कोरोना पोजेटिभि देखिएको हो।

अन्य चार जना गौरीफन्टा नाकाबाट फर्किँदै गर्दा आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार कोरोना पुष्टि भएका पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ।

जेठ १० गते कोरोना पुष्टि भएका बैतडीको शिवनाथका ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। योसँगै सुदूरपश्चिममा कोरोना जित्नको संख्या ७ पुगेको छ। एक जना सुदूरपश्चिमकै संक्रमितले प्रदेश बाहिरको अस्पतालबाट कोरोना जितेका थिए।सुदूरपश्चिम प्रदेशका ७३ जना कोरोना संक्रमितमध्ये प्रदेशभित्र ७१ र दुई जना कर्णाली प्रदेशमा छन्।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ५८ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद