उपत्यकाका तीनै प्रशासन कार्यालयको सिफारिस- लकडाउन खुकुलो बनाऔँ | Khabarhub Khabarhub

उपत्यकाका तीनै प्रशासन कार्यालयको सिफारिस- लकडाउन खुकुलो बनाऔँ

विद्यालय, सिनेमा हल, पार्टी प्यालेस भने बन्द गरिने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाका तीन प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरकाले लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ ।

आज बसेको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको हो ।

बैठकले सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउने निष्कर्ष निकालेको हो ।

आजदेखि उद्योगी/व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको बैठकले लकडाउन खुकुलो बनाउन सिफारिस गरेको हो ।

बैठकले विद्यालय/विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा/सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ । केही बेरमा तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइने ती अधिकारीले बताए ।

चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग/कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।

यसैबीच आजै ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्नेछ ।

यसअघि मंगलबार बसेको उच्चस्तरीय समिति बैठकमा उद्योग व्यवसायीले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न समितिलाई सुझाव दिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  २ : ३७ बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा