विदेशबाट ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने « Khabarhub

विदेशबाट ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड दिने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा सरकारले विदेशबाट उद्दार गरी ल्याउने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।

टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउन लागेको हो । यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ ।

यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास पनि टेलिकमले लिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ८ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने