म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’ पठाइयो « Khabarhub

म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’ पठाइयो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ ।

बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्मारबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टिनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्मारबाट आउनेमा वाग्मती प्रदेशका १७ जना छन् । त्यस्तै गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना रहेका छन् ।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । उनीहरुलाई आज म्यान्मारकै सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो ।

उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मार गएका छन् ।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ ।

विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ०५ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा