अमेरिका र क्यानडामा सीमित फेसबुकको नयाँ सुविधा विश्वभर विस्तार « Khabarhub

अमेरिका र क्यानडामा सीमित फेसबुकको नयाँ सुविधा विश्वभर विस्तार


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका र क्यानडामा मात्र सीमित रहेको फेसबुकको नयाँ सुविधा विश्वभर विस्तार भएको छ ।

अत्याधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा अहिले भने विश्वभरी नै विस्तार गरेको हो ।

नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर स्टोर गर्न सकिने भएको छ। फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ।

गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ। त्यसका लागि सेटिङमा जानु पर्दछ। त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ।

त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ।

फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ। आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन्।

अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा यो सेवा विश्वव्यापी गरेको फेसबुकले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ०३ बजे

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

ढोरपाटन– बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ