भारतबाट फर्केका युवकको अस्पतालमा मृत्यु « Khabarhub

भारतबाट फर्केका युवकको अस्पतालमा मृत्यु


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भारतबाट स्वदेश फर्किएका एक युवकको उपचारका क्रममा निधन भएको छ । चितवन माडीका उनको भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए।

उनले भने, ‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो। तर स्थिति थप नाजुक भएपछि उहाँको साढे १० बजे मृत्यु भयो ।’

ती युवक चितवन माडीका हुन्। उनी दश दिनअघि भारतबाट फर्केको खुलेको छ। उनी उपचारका लागि नयाँदिल्ली गएर फर्केका थिए।

परिवारले दिएको जानकारीअनुसार ती युवक मेरुदण्डको हड्डी भाँच्चिएपछि आठ महिनाअघि उपचार गर्न दिल्ली पुगेका थिए।

हालै भारतबाट फर्किएपछि उनलाई माडीकै क्वारेन्टिनमा राखिएको थियो। ज्वरो देखिएपछि उनलाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

मृतकको स्वाब परीक्षण गर्न पठाइएको छ। आझ साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ५२ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र