फोन गर्न घाम पर्खनुपर्ने ! « Khabarhub

फोन गर्न घाम पर्खनुपर्ने !


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता छ ।

निकै चिसो मौसम हुने यस क्षेत्रमा बिरलैमात्र घाम लाग्ने भएकाले सञ्चारको पहुँच राम्रोसँग पुग्न सकेको छैन । नेपाल टेलिकमले ढोरपाटनवासीलाई लक्षित गरी थ्रिजी क्षमताको टेलिकम टावर स्थापना गरेपनि पर्याप्त विद्युत् अभावमा टावर सञ्चालनमा समस्या आएपछि स्थानीयवासीले फोन गर्नका लागि समस्या झेल्दै आएका छन् ।

केन्द्रीय प्रसारण लाइन नपुगेको विकट क्षेत्र ढोरपाटनमा सोलारको माध्यमबाट टावर चलाउँदा घाम लागेपछि मात्रै टावर सञ्चालनमा आउने र घाम जानासाथ नेटवर्क जाने गरेको ढोरपाटन नवी गाउँका स्थानीयवासी देवबहादुर विकले जानकारी दिए । ‘यहाँ बिरलैमात्रामा घाम लाग्छ, महिनौँ हिउँले ढाक्छ’, विकले भने, ‘यस्तो प्रविधिको जमानामा पनि कतिखेर घाम लाग्छ र फोन गरौँला भन्ने अवस्था छ ।’

अत्यावश्यक सूचना आदानप्रदान गर्नसमेत घाम पर्खनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न सरोकारवालासँग माग गरे पनि सुनुवाइ नभएको अर्का स्थानीयवासी चकबहादुर अदैले गुनासो गरे । ‘रातमा नेटवर्क दिने कुरै भएन, दिनभर हुस्सु लागेमा दिनमा समेत फोन सम्पर्क बिच्छेद हुन्छ’, अदैले भने, ‘ठूलो क्षमताको सोलार राख्दा समस्या समाधान हुन सक्छ ।’ नेटवर्कको समस्या हुँदा पर्यटकीय क्षेत्र ढोरपाटन आउने पर्यटकलाई समेत समस्या पर्दै आएको छ ।

यस क्षेत्रमा एक हजारभन्दा बढी घरपरिवार बस्दै आएका छन् । अत्यधिक चिसोका कारण अधिकांश घुम्ती बस्ती रहेको यस क्षेत्रमा ढोरपाटन शिकार आरक्ष र आरक्षको सुरक्षाका लागि सेनाको शत्रुमर्दन गुल्मसमेत रहेको छ । शिकार आरक्ष तथा गुल्ममा समेत नेटवर्कले समस्या हुने गरेको छ ।

टावर सञ्चालनका लागि क्षमताअनुसारको सोलार प्यानल जडान गरे पनि घाम नलाग्ने र चिसो ठाउँ भएकाले समस्या भएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । दुई वर्षअघि त्यहाँका जनतालाई लक्षित गरी टावर राखे पनि विद्युत् आपूर्ति नहुँदा समस्या भएको शर्माको भनाइ छ ।

‘हामीले सोलारको क्षमता थप्दासमेत समस्याको समाधान नहुने देखियो’, शर्माले भने, ‘स्थानीय लघुजलविद्युत्ले उत्पादन गरेको विद्युत्बाट टावर सञ्चालनको तयारी छ, अहिले विद्युत्को पोल गाड्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १ : ४३ बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा