‘चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक’ « Khabarhub

‘चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक’


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौंले रुकुमको चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक भएको आरोप लगाएको छ ।

केन्द्रले एक विज्ञप्ति जारी गर्दै जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र चिन्तनद्वारा निर्देशित, हिन्दु उच्च जातीय अहंकारवादबाट घटेको उल्लेख गरेको छ ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामन्ती ब्राह्मणवादी राज्यसत्ताले वर्गीय , जातीय , लिंगीय र सामन्ती साँस्कृतिक शोषण , उत्पीडन तथा अत्याचार नेपाली समाजमा कायम रहदै आएका कारण यही जेठ १० गते साँझ ६ बजेतिर पश्चिम रुकुम, चौरजहारी नगरपालिका वडा नम्बर ८ , सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ राणा गाउँका नवराज बिक र गणेश बुढामगर ,सन्दीप बिक , लोकेन्द्र सुनार , टिकाराम सुनार , गोविन्द शाही गरी ६ जना युवाहरुको मध्ययुगिन हत्याकाण्डहरु र नरसंहारहरुलाई संझाउने गरी दलित भएकै कारण कथित उच्च जाति भनिएका ठकुरी जातिसहितको ठूलो समुहले नरसंहार गरेको ठहर गरेको छ ।’

बिक जातका युवा र कथित माथिल्लो जाति भनिएको ठकुरी जातकी सुषमा बिच प्रेम बिवाहको विषयलाई आधार बनाएर जातीय विभेदका कारण उक्त निरसंस , पाशविक , जघन्य तथा नरसंहारकारी हत्याकाण्डलाई केन्द्रले २१ शताब्दीको समानतामूलक र सभ्य विश्व मानव सभ्यतामाथिकै कलंकका रुपमा लिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : १५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल