अर्थमन्त्री खतिवडाविरुद्ध मुद्दा हाल्ने यादवको चेतावनी « Khabarhub

अर्थमन्त्री खतिवडाविरुद्ध मुद्दा हाल्ने यादवको चेतावनी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका सांसद प्रदीप यादवले अर्थमन्त्री युवराज खतिवडाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । बजेटको खर्च कटौती प्रस्तावमाथि बोल्दै उनले सरकारले संघीयता विपरित बजेट ल्याएको बताए ।

प्रदेश २ लाई बजेटमा विभेद भएको भन्दै उनले अन्य प्रदेशभन्दा कम बजेट दिइएको आरोप लगाए। गण्डकी र सुदुरपश्चिमभन्दा कम बजेट प्रदेश २ लाई दिइएको उनको भनाई छ।

संघीयता काम छैन भन्ने देखाउन यस्तो गरिएको आरोप यादवले बताए। यसरी भएको विभेद विरुद्ध न्यायका लागि जाने उनले बताए। मानव विकास सूचकांक प्रदेशमा पछाडि रहेको र गरिबी धेरै भएको प्रदेशलाई संघले बजेट दिन नखोजेको हो कि सूत्र नमिलेको हो भनी प्रश्न सोधे।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा प्रदेश २ लाई विभेद भएको उनले बताए। २ अर्ब थप गर्नुपर्ने माग उनले पेश गरे। बजेटको बाँडफाँटमा विभेद किन भन्दै उनले उत्पादन र कर उठाउने प्रदेशलाई किन विभेद गरेको भनि प्रश्न उठाए।

प्रदेश २ लाई २ करोड मात्र अनुदान दिने, कर्णाली १ अर्ब ४९ करोड पाउने, सुदूरपश्मिचले १ अर्ब २९ करोड अनुदान पाउने किन? भन्दै उनले प्रश्न उठाए। प्रदेश २ लाई पनि विकास चाहिने भन्दै उनले यसरी विभेद गर्न नमिल्ने बताए।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ३० बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका