सामान्य अवस्थामा पनि मास्क लगाउन डब्ल्यूएचओको सुझाव « Khabarhub

सामान्य अवस्थामा पनि मास्क लगाउन डब्ल्यूएचओको सुझाव


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठनले सामान्य अवस्थामा पनि मास्क लगाउन सुझाव दिएको छ ।

स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गर्दै डब्ल्यूएचओ आफूलाई सुरक्षित राख्न मास्क लगाउन सुझाएको हो ।

संगठनले सर्वसाधारणलाई विशेष समयमा मास्क लगाउन सरकारले नै प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।

विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशिकाले सामाजिक दूरी बनाउन समस्या हुने भिडभाड, पसल र सार्वजनिक यातायातमा स्वस्थ्य मानिसले मास्क लगाउन सुझाएको छ ।

त्यस्तो मास्क श्वास लिन योग्य तीन तहको हुनुपर्ने स्वास्थ्य संगठनले जनाएको छ । स्वस्थ्य मानिसले मास्क लगाउँदा सङ्क्रमण रोक्नेबारे कुनै वैज्ञानिक वा प्रमाणिक कारण स्पष्ट भइसकेको छैन् । यद्दपी मास्क लगाउँदा सङ्क्रमण सर्ने सम्भावित जोखिम न्यूनिकरण हुने विश्वास गरिएको छ ।

स्वास्थ्य अवस्था जटिल हुने ६० वर्षभन्दा माथिको उमेरका वृद्धले आफूलाई सुरक्षित राख्न सामान्य अवस्थामा पनि मेडिकल मास्क लगाउन सुझाइएको छ ।

मास्क लगाए नलगाए पनि मानिसले भिडभाड बनाउन नहुने, कम्तिमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने, हाछँयु गर्दा नाक र मुख ‘टिस्यु’ कागजले छोप्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : २५ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित