संखुवासभाका अत्तिविपन्न वर्गलाई शेर्पा परिवारद्वारा राहत वितरण « Khabarhub

संखुवासभाका अत्तिविपन्न वर्गलाई शेर्पा परिवारद्वारा राहत वितरण


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका बेला समस्यामा परेका संखुवासभाका पर्यटन मजदूरहरुलाई राहत प्रदान गरिएको छ ।

सेभेन समिट ट्रेक्स् प्रालीको सहयोगमा शेर्प परिवारले  संखुवासभाका आरोही र पर्यटन मजदुरलाई ६० लाख बराबरको राहत प्रदान गरेका हुन् ।

उनीहरुले संखुवासभा स्थायी घर भएका काठमाडौं उपत्यकामा बस्दै आएकाहरुलाई राहत प्रदान गरेका हुन् ।

करिब १२०० परिवारलाई दाल, चामल लगायत केही रकम समेत सहयोग गरिएको संस्थाका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जनाए ।

उनले राहत वितरणको कार्यलाई निरन्तरता दिइरहेको बताए ।  समस्यमा परेका अरू जिल्लाका नागरिकलाई पनि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष मिङमा शेर्पाले बताए ।

उनले आपत-विपतमा परेका विद्यार्थी, आरोही, पर्यटन मजदूरहरुलाई राहत प्रदान गरिएको जानकारी दिए ।

उनीहरुले काठमाडौमा मात्र नभई संखुवासभा जिल्लाको स्थानीय तहमा समेत राहत प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १० : ३९ बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा