डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

केआइसिह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका १० राईमा मालवहाक ट्रक दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपनिरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने ट्रकका चालक रहेको उनले बताए ।

आइतबार बिहान ट्रक दुर्घटना भएको गोठाला गएकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चालक आफै गाडी मालिक रहेको बुझिएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने