छोरी बलात्कारको आरोपमा बाबुलाई २५ वर्ष कैद सजाय | Khabarhub Khabarhub

छोरी बलात्कारको आरोपमा बाबुलाई २५ वर्ष कैद सजाय


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवन जिल्ला अदालतले छोरी बलात्कार गरेको आरोपमा बाबुलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आफ्नै १४ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा  चितवन कालिका नगरपालिका वडा नम्बर ४ का बाबुलाई जन्मकैदको फैसला गरेको हो ।

श्रीमती वैदेशिक रोजगारीमा रहेको हुँदा मादक पदार्थ सेवन गरी  घरमा आफुसङ्गै बसे‍की नाबालिका छोरीलाई पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख  थियो ।

पीडित बालिका अध्ययनरत स्कूलका शिक्षिकाहरुको सहयोगमा बालिकाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

कैद सजायको फैसलापछि अभियुक्तलाइ कारागार कार्यालय भरतपुर चितवनमा कैद सजाय भुक्तान गर्न पठाइको समेत अदालतले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : २६ बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने