महोत्तरीमा होम क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु « Khabarhub

महोत्तरीमा होम क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षीय डोमी मण्डलको मृत्यु भएको हो ।

होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खानासमेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।

मृतक मण्डलको आरडीटी परीक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए। आरडीटी रिपोर्टपछि उनको पीसीआर रिपोर्ट पनि परीक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ५६ बजे

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर