महोत्तरीमा होम क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु « Khabarhub

महोत्तरीमा होम क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षीय डोमी मण्डलको मृत्यु भएको हो ।

होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खानासमेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।

मृतक मण्डलको आरडीटी परीक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए। आरडीटी रिपोर्टपछि उनको पीसीआर रिपोर्ट पनि परीक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ५६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार