कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५७ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५७ पुग्यो


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमतिहरु दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एकजना छन् ।

आज १६ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका १८ जना र बाँकेका एकजना रहेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  २ : ०९ बजे

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग