बर्दियामा थप १८ जनामा कोरोना पुष्टि « Khabarhub

बर्दियामा थप १८ जनामा कोरोना पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया वडा नं ७ का २ जना, मधुवन नगरपालिका वडा नं ४ का ३ जना, वडा नं ९ का १ जना, बासगढी नगरपालिका वडा नं २ का ४ जना, वडा नं ६ का २ जना र वडा नं ७ र ९ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरि ठाकुरबाबा नगरपालिका वडा नं ३ का २ जना र वडा नं ४ का १ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार एकैसाथ १८ जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जना पालिकाका क्वारेनटाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा उनीहरुको आरडीटी विधिद्धारा स्वास्थ्य जाच गर्दा पोजेटिभ देखिएपछि पीसीआर जाँच गरिएको हो । संक्रमण देखिएका सबैलाई सम्बन्धीत पालिकामा तयार पारिएको आइशोलेसन कक्षमा राखिने बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ०५ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी