बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो « Khabarhub

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतबाट नेपाल फर्कन चाहने ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ ।

बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ ।

त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् ।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : १५ बजे

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र