पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट | Khabarhub Khabarhub

पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिइन्। नगर प्रमुख दिपक विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको शाहले बताइन्।

बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताए।

भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको परीक्षणमा गर्न कठिनाइ भएकाले मेसिन खरिद गर्ने गरी उक्त रकम विनियोजन गरेको नगर प्रमुख शाहले बताए।

भारतबाट आएकाहरुको लामो समयसम्म पीसीआर रिपोर्ट नआउने भएकाले व्यवस्थापन गर्नका लागि मेसिन खरिद गर्न अन्य नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको नगर प्रमुख शाहको भनाइ छ।

पीसीआर जाँच मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो। नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। पीसीआर जाँचमा भएका ढिलाइका कारण कोरोना संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट एकसातामा पनि आएको छैन।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : २२ बजे

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गर्ने तयारी

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

विश्व क्रिकेटमा १४ वर्षीय सूर्यवंशीको सनसनीपूर्ण पारी : ३५ बलमा शतक ! के के बने कीर्तिमान ?

राजस्थानका वैभव सूर्यवंशीले सोमबार भएको गुजरात टाइटानसँगको इन्डियन प्रिमियर लिग

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

सरकार र शिक्षकको वार्ता सकारात्मक : केही विषय टुङ्गो लगाउन बाँकी

काठमाडौं – सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका