भारतबाट आएका नेपालीलाई क्वारेन्टिन लिएर गएको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, ६ बेपत्ता | Khabarhub Khabarhub

भारतबाट आएका नेपालीलाई क्वारेन्टिन लिएर गएको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, ६ बेपत्ता


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कर्णाली नदीमा टिपर खस्दा २ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता भएका छन् । कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको हो ।

आज (बुधबार) बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।

दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। जोशीका अनुसार उनीहरुको खोजी कार्य जारी छ ।

टिपरमा ३९ जना यात्रु रहेको बुझिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : २३ बजे

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रदर्शन थप बलियो बनाउन अध्यक्ष सुवेदीको आग्रह । 

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज

नारायणगढ–बुटवल सडकको दाउन्नेमा वैशाखभर राति यातायात रोकिने

नवलपरासी– नारायणगढ–बुटवल सडक अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप

बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल

स्पेन – स्पेन र पोर्चुगलमा एकाएक विद्युतमा संकट देखिएपछि संकटकालको

१८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन