‘रोग प्रतिरोधात्मक औषधि’ वितरण « Khabarhub

‘रोग प्रतिरोधात्मक औषधि’ वितरण


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- मारवाडी युवा मञ्चले रोग प्रतिरोधात्मक मानिने औषधि वितरण गरेको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधि पोखरा महानगरका विभिन्न स्थानमा प्रदान गरिएको मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालले जानकारी दिए ।

पोखरा –९ का टोल सुधार समितिका अध्यक्ष भीमबहादुर कुँवरको समन्वयमा वडाका जनप्रतिनिधिको सहयोगमा वडाका विभिन्न टोलका लक्षित समुदायलाई रोग प्रतिरोधात्मक भनिएको सो औषधि वितरण गरिएको हो ।

“रोगप्रतिरोधात्मक क्षमता कम हुँदा सरुवाजन्य रोगको सङ्क्रमण बढ्न जान्छ, यो आयुर्वेद विभागद्वारा सिफारिस गरिएको रोग प्रतिरोधात्मक औषधि भएकाले देशका विभिन्न स्थानहरुमा वितरण गरेका हौँ ” अग्रवालले भने ।

मञ्चका सचिव मनोजकुमार मोरका अनुसार होमियोप्याथिक आर्सेनिकम एल्बम ३० सी नामक उक्त औषधि मारवाडी सेवा समितिमार्फत देशका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको छ ।

रोगप्रतिरोधात्मक क्षमता भएको भनिएको सो औषधि पर्याप्त जानकारीसहित वितरण गरिएको छ । सो औषधि दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुईदुई गोली सातामा एक पटक तीन सातासम्म खानुपर्ने बताइएको छ । मोरले होमियोपेथिक चिकित्सकको निगरानीमा प्याकिङ गरेर देशका ५० जिल्लाका १७ देखि २० लाख जनासम्मलाई औषधि वितरण भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  २ : १३ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९