कोरोना संक्रमण नियन्त्रणबारे कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र | Khabarhub Khabarhub

कोरोना संक्रमण नियन्त्रणबारे कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख विपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन तथा जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको यही जेठ २६ गतेको बैठकले त्यस सम्बन्धमा गरेका निर्णय समेटिएको ध्यानाकर्षणपत्र पार्टीका नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।

कोभिड–१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा सङ्क्रमितको उपचार, परीक्षण, क्वारेन्टिन व्यवस्थापन, औषधि–उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड–१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायतका विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा प्रमुख विपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपङ्क्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको व्यक्तिगत सुरक्षाको प्रबन्ध र प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ । संसद् कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षाजस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था कृषि र खाद्य सुरक्षामा ध्यान दिन सरकारसँग अनुरोध गरिएको छ ।

त्यसैगरी, बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ५ : ०८ बजे

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा