फौजी किरा नियन्त्रण गर्न खेतबारीमै पुगे प्राविधिक टोली « Khabarhub

फौजी किरा नियन्त्रण गर्न खेतबारीमै पुगे प्राविधिक टोली


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्न थालेपछि जाजरकोटमा औषधिसहितको कृषि प्राविधिक टोली खेतबारीमै खटाइको छ ।

जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् ।

कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए । गाउँपालिकाभरि फौजी किराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनले बताए । अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए ।

गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी किराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

फौजीकिरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकिरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ । सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, ‘अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ गाउँका खेतबारीमा पुग्छौँ ।’ गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बस्नुभएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकिरा नियन्त्रणका लागि खटाउने काम भएको छ, अधिकृत शर्माले भने । पहिलो चरणमा रु दुई लाख ५० हजार कोष स्थापना गरेर फौजीकिरा नियन्त्रणको काम भएको समेत उनले बताए ।

शिवालय गाउँपालिकामा मकै सबैभन्दा बढी उत्पादन हुने अन्नमध्येमा पर्छ । करिब १८ हजार जनसङ्ख्या भएको सो गाउँपालिकामा दुई हजार ४९२ घरधुरी रहेको छ । सिँचाइ क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका तीनवटा गाविस सीमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो ।

स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत, साधन, पर्यटनको प्रचुर सम्भावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कूल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटरमध्ये १३४.२६ अर्थात् १२५ भूभाग शिवालय गाउँपालिकाले ओगटेको छ । यातायातको हिसाबले भर्खरमात्र यो गाउँपालिकामा मौसमी यातायात सञ्चालन हुनेगरी बाटो निर्माण कार्य भइरहेको छ । (रासस)

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ५ : ३२ बजे

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक