ट्रिप्परको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु | Khabarhub Khabarhub

ट्रिप्परको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडामा ट्रिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

ट्रिप्परको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा ट्रिप्परको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।

प्र३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नम्बरको ट्रिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

ट्रिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : १३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।